अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस : ऐन, नियमावली बने, कार्यान्वयन भएनन् ?

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकारमा पुहँच पुर्‍यायाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ । 

सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै वर्षको २१ अगस्टका दिन रेगनले औपचारिक रूपमा राष्ट्रिय जेष्ठ नागरिक दिवससमेत मनाएका थिए । 

यसको दुई वर्षपछि मात्र अर्थात् सन् १९९१ मा संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको थियो ।

संयुक्त राष्ट्रको तथ्यांकअनुसार विश्वमा हाल करिब ७० करोड ज्येष्ठ नागरिक रहेका छन् । 

नेपालमा जेष्ठ नागरिकको अवस्था

नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । 

नेपालको संविधान, २०७२ को धारा ९४१०मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।

यसैगरी ज्येष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा अत्यन्तै न्यून रहेको छ । यद्यपि, आर्थिक वर्ष २०५२÷०५३ देखि ज्येष्ठ नागरिकका लागि सुरु गरिएकोे वृद्धभत्ता कार्यक्रम भने सबैभन्दा लोकप्रिय कार्यक्रमको रूपमा स्थापित भएको छ । 

सरकारले समय समयमा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याए पनि ती योजना तथा कार्यक्रमहरू ज्येष्ठ नागरिकमैत्री नहुँदा त्यसै थन्किएर बसेका छन् ।

आज विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । देशका विभिन्न पालिकाहरूले यसै दिवसको सन्दर्भमा आफ्ना जेष्ठ नागरिकको सम्मान, पौष्टिक आहार वितरण तथा जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्नेजस्ता कार्यक्रम गर्दै छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १५, २०७८