जात्रा-महोत्सव नगर्न सरकारको अनुरोध

बिहीबार, असोज १४, २०७८

काठमाडौँ । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।  काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो । 

स्वास्थ्य प्रोटोकलभित्र रहेर गरिने क्रियाकलाप छुट 
सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । 

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, “नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सभासम्मेलन प्रभावित हुने आदेश जारी नभएको ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति
जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ । कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभासम्मेलन, बैठक, गोष्ठी, अन्तक्र्रियालगायत कार्यक्रम गर्न अनुमति दिएको थियो ।
कार्यालयका प्रवक्ता ललितकुमार बस्नेतले यस अघिका निर्णयमा कुनै पनि परिवर्तन नभएको जानकारी दिए । उनले सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत रहेको स्पष्ट पारे । 
संविधान प्रदत्त नागरिकको मौलिक अधिकार र राजनीतिक गतिविधि गर्ने स्वतन्त्रताप्रति कार्यालय पूर्ण सचेत र प्रतिबद्ध रहेकोसमेत उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज १४, २०७८