चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

बिहीबार, असोज १४, २०७८

झापा । गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाइ पसलमा अनुगमन गरेको जनाएको छ । कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताए । उनले कपियय पसलले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको समेत जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमनलाई तीव्रता दिएको जानकारी दिए । उपभोक्ताको गुनासो आएपछि झापाका सात सिमेन्ट उद्योगबाट सिमन्टको नमूना सङ्कलनसमेत गरिएको बताए । नमूना सङ्कलन गरिएका सिमेन्टको गुणस्तर उपभोक्ताले भनेझै कम पाइएमा कारबाही गरिने उनको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज १४, २०७८