बाढीपहिरा पीडितलाई छिमेकीको साथ

बिहीबार, असोज १४, २०७८

तनहुँ । असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ ।  बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ मा बाढीपहिराले घर भत्किएर घरबिहीन भएका २१ जना चेपाङ समुदायका व्यक्तिलाई जस्तापाता सहयोग गरेको उहाँले जानकारी  दिए । उनले भने, “एक घर परिवारलाई करिब रु ४५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेका छौं ।” गाउँपालिकाले विपद्मा परेकालाई सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सु्वेदीले जानकारी दिए। 
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असोज १४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असोज १४, २०७८