ज्येष्ठ नागरिक आवास गृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

बुधबार, असोज १३, २०७८

सर्लाही ।सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ ।  सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रूपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण गरे ।  सङ्घीय सरकारको रु तीन करोड ३२ लाखको लागतमा सो १४ कोठेभवन सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनशील कन्ट्रक्सन प्रालि पिएमके(जेभी)ले निर्माण गरेको हो । सो भवन निर्माणका लागि स्थानीयवासी कौशिल्यादेवी श्रेष्ठले छोरा स्व. ईश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गरेका थिए । सो भवनबाट यही असोज २६ गतेदेखि वडा कार्यालयले आफ्नो सेवा प्रवाह गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।–रासस 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज १३, २०७८