किशोर २१ दिनदेखि सम्पर्कविहीन

बुधबार, असोज १३, २०७८

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए । दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताए। “सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,” विमयाले भने, “छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर ग¥यौँ तर केही मेसो आएको छैन ।” भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाएको दिदी लच्छिमाले बताए । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउछन् । “भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ÷छैन, खोजी कार्य जारी राखेका छौँ तर केही पत्तो लागेको छैन,” दिदी लच्छिमाले भने, “भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौँ ।” स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ । अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ । खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताए ।
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज १३, २०७८