मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

बुधबार, असोज १३, २०७८

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । 

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार