इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

बुधबार, असोज १३, २०७८

इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गरे । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गरे ।
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज १३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज १३, २०७८