कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

मंगलबार, असोज १२, २०७८

गण्डकी । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आउनुभएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए । भेटमा मुख्यमन्त्री पोखरेलले हजारौँ नेपाली युवाको उत्कृष्ट गन्तव्यका रूपमा दक्षिण कोरिया रहेको बताउँदै आयआर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरका रूपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गर्ने गरेको बताए । नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जाजस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार