बज्रबाराही चापागाउँ अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर ल्याब 

शुक्रबार, असोज ८, २०७८

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराही चापागाउँ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड टेस्टका लागि पीसीआर ल्याब पनि सञ्चालन गरिएको छ । अक्सिजन प्लान्ट तथा पीसीआर ल्याब आजैदेखि सञ्चालनमा ल्याइएको छ । बागमती प्रदेश सरकारका  स्वास्थ्य मन्त्री प्रदीपकुमार कटुवालले अक्सिजन प्लान्ट र पीसीआर  ल्याबको शुक्रबार उद्घाटन गरे । 
उपत्यकाकै  जिल्ला भएर पनि ललितपुुरमा सुविधा सम्पन्न जिल्ला अस्पताल  बन्न नसकेकोमा चिन्ता ब्यतm गर्दै  उनले प्रदेश स्वास्थ्य मन्त्रालय र आफ्ना तर्फबाट भवन निर्माण, औषधि र कर्मचारी व्यवस्थापनमा सघाउने प्रतिबद्घता व्यक्त गरे । मन्त्री कटुवालले सामाजिक काम गर्दा राजनैतिक स्वार्थ नराखी सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै बज्रबाराही चापागाउँ अस्पतालको स्तरोन्नतिका लागि लाग्न आह्वान गरे । अलग प्रसंगमा मन्त्री कटवालले प्रदेश सरकारले १८ वर्ष माथिका  सबै नागरिकलाई खोपको ब्यवस्था गर्ने पनि बताए ।  
बागमती प्रदेश संसद चेतनाथ सञ्जेलले अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर ल्याब सञ्चालनमा ल्याइएकोमा नगरबासी र दक्षिण ललितपुरका नागरिकलाई सजिलै स्वास्थ्य सेवा लिन पाउने अवस्था बनेको बताए । आज जोडिएका अक्सिजन प्लान्टले दक्षिण ललितपुरका गाउँपालिकामा रहेका अस्पतालको पनि अक्सिजन अभावलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । 
प्रदेश संसद् लालकुमारी पुन ‘सुशीला’ले गोदावरी नगरसहित दक्षिण ललितपुरका तीनवटा गाउँपालिकाका जनतालाई स्वास्थ्य सेवा लिन निजी अस्पताल जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन् । 
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले  ध्वंसबाट विकासको निर्माण हुन्छ भन्ने सिद्धान्तलाई पछ्याउँदै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सकिएको बताए । अक्सिजन अभावमा नगरबासीको ज्यान गएपछि आफूहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि पहल तथा प्रदेश सरकारको सक्रियताले जडान संभव भएको बताए । नगर प्रमुख महर्जनले कोभिडको दोस्रो लहरमा अस्पतालका चिकित्सक तथा कर्मचारीले उत्कृष्ठ काम गरेकोमा प्रशंसा पनि गरे । कोभिड लागेका बिरामीलाई पार्टी प्यालेसमा राखेरै भए पनि उपचार गरेर अस्पतालले उल्लेखनीय योगदान पु¥याएको नगर प्रमुख महर्जनले स्मरण गरे । 
मेयर मर्हजनले बज्रबाराही  चापागाउँ अस्पताल  प्रदेश सरकारको मातहतमा  रहने भएकाले अस्पतालको भौतिक संरचनाको निर्माण तथा आवश्यक पूर्वाधारको विकास गर्न  स्वास्थ्य मन्त्रि सगँ विशेष सहयोग गर्न आह्वान गरे । बज्रबाराही चापागाउँ अस्पतालका अध्यक्ष चरसुन्दर महर्जनले  सुरुमा हेल्थपोष्ठ, पिएचसी, सामुदायिक अस्पताल, नगर अस्पताल हुर्दै  अहिले बज्रबाराही चापागाउँ अस्पतालका रुपमा प्रदेश मातहत सञ्चातिल भएको बताए । 
२०२८ सालमा स्थापित स्वास्थ्य चौकी आज अस्पताल बन्न सकेकोमा  नगरबासी खुसी भएको अध्यक्ष महर्जनले बताए । 
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हिराबहादुर कार्कीले २४ सै घण्टा आकस्मिक सेवा, ल्याब सेवा, प्रसुति सेवा र एक्सरे सेवा दिँदै आएको जनाए ।  

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार