विदेशीलाई इन्डोनेशिया प्रवेश निषेध

बुधबार, पुस २९, २०७७

जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरूले जनाएका छन् । 
यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए । सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरूलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उनले बताए । राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेशिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् । इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरूलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेशियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरूको भनाई छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार