५४ लाख रुपैयाँको अवैध जडिबुटीसहित तीन जना पक्राउ

बुधबार, असोज ६, २०७८

जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीशहर नगरपालिका- ७ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका- ६ बस्ने वर्ष ४८ का आइतराम तामाङ, सोही स्थान घर भएका वर्ष ३७ का रामबहादुर तामाङ र सोही स्थान घर भएका वर्ष २४ का मीनबहादुर तामाङ रहेका छन् । गए राति सवा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा चेकिङमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५०० ग्राम र नीरमसी १३ किलो ४०० ग्राम बरामद गरेको हो । २९ किलो जडिबुटीको रकम ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका तीनै जनालाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना नै बनाएको छ । न्युज कारखाना

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज ६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज ६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज ६, २०७८