माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा 

मंगलबार, पुस २८, २०७७

काठमाडौं । सरकराले माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार