संखुवासभा सामूहिक हत्या घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

संखुवासभा सामूहिक हत्या प्रकरण
आइतबार, असोज ३, २०७८
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि  थप चारजना  अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । 

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  लोकबहादुरका भाइ नरेशलाई समेत अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएसकेको छ । हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक थप चारजनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता एपसी राईले बताए ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि शनिबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको छ । नियन्त्रणका लिएकाहरु मृतक तेजबहादुरका छिमेकी हुन् । तर,  नियन्त्रणमा लिएकाहरूका नाम भने खुलाइएको छैन । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुन: घटनास्थल पुगेको प्रवक्ता राईले बताए ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिहेको प्रवक्ता राईले जानकारी दिए ।  घटनास्थल खोला गाउँमा प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा अनुसन्धान गर्न १० जनाको प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।  

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।  लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो ।  हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चारजना माथि समेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए । प्रहरीले मृतक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेलापारेपछि अनुसन्धान लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित् भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज ३, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज ३, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज ३, २०७८