रेडपाण्डाका छालासहित युवक पक्राउ

आइतबार, असोज ३, २०७८
जाजरकोट : प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक  थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज ३, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज ३, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज ३, २०७८