सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुुभावले ¥याली गर्दै शालिकमा पुुगेर माल्यार्पण तथा पुुष्प गुुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुुनिक नेपाल खडा गरेका थिए । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उपदेशका रूपमा बुुझ्दै आएका छन् । २१ वर्षको उमेरमा गद्दी आरोहण गरेका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ २ गते निधन भएको थियो । उनी र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो । पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रूपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटीकामा वृहद नेपालको झण्डा प्रस्तुत गरिएको थियो । समाजका विभिन्न क्षेत्रका महानुुभावको अगुुवाइमा भएको उक्त कार्यक्रमपछि ¥यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो । उक्त सभामा बोल्ने वक्ताहरूले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उनको तस्बीर अङ्कित मुुद्रा निकाल्न, पुुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुुस्तकमा समावेश गर्न माग गरे । पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वी नारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गरे ।
पृथ्वी जयन्तीमा प्रज्ञाको पुस्तक प्रदर्शनी
पृथ्वीनारायण शाहको २९९औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा एकहप्ते पुस्तक प्रदर्शनी शुरु भएको छ । प्रज्ञाको भानुभक्त कक्षमा पुस २६ गतेदेखि शुरु भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७७ पुस तेस्रो सातासम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायनशास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनीको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गरे । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड १,२,३,४,५ र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् । प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायत धेरै विषयका पठनीय उपयोगी झण्डै ४६५ वटा पुस्तक पत्रपत्रिका समावेश गरिएको छ । नयाँ थप पुस्तक लोकवार्ता विवेचना, तुफुका कविता, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथाहरू र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश, प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन जस्ता ४० भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको र प्रतिष्ठानबाट शुरु प्रकाशन भएदेखि २०७७ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरू बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी बालसाहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक ३०० भन्दा बढी पाठकले प्रदर्शनी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजारभन्दा बढी पुस्तक बिक्री हुने गरेको छ ।