जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

शनिबार, असोज २, २०७८

काठमाडौँ । काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरूलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनीहरूका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज २, २०७८