रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण

शनिबार, असोज २, २०७८
भैरहवा : भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका-५ का पीडितलाई राहत वितरण गरिएको हो । 

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले कर निःशुल्क गरिदिएकाले वितरण गर्न सजिलो भएको भन्दै उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिइन् ।

‘एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामग्री करिब ४२ लाख बराबरको वितरण गरिएको छ,’ उनले बताइन  ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार