सोसल मिडिया
Contact Us
युनिकोड
शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् ।
‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं, तर अहिले हामीले आफ्नो व्यक्तिगतभन्दा पनि आम जनताका कामलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं,’ उनले भनिन् ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोे उनको भनाइ छ । ‘हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेका छौ । हामी काम नगर्न गन्ती गरेर बस्दैनौँ । छोटो समय भए पनि राम्रो काम गरेर देखाउँछौ,’ मुख्यमन्त्री शाक्यले भनिन् ।
पार्टी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उनले एमाले एकढिक्का हुनुपर्नेमा जोड दिइन् । ‘पाटी फुटले शक्ति पैदा हुँदैन । पार्टी एकजुट भयो भने बलियो हुन्छ । त्यसकारण पार्टीलाई बलियो बनाउनतिर लागौँ । फुटाउने काम नगरौँ । चित नबुझेको कुरा आमनेसामने राखेर छलफल गरौँ । पार्टीमा व्यक्ति ठूलो हुँदैन, पार्टीमा विचार, विधिसम्मत र सामूहिक नेतृत्व ठूलो हुन्छ,’ उनले भनिन् ।