छोरीको घरबाट फर्केकी महिलाको शव पानीमा डुबेको अवस्थामा भेटियो

शनिबार, असोज २, २०७८
सिन्धुपाल्चोक : इन्द्रावती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपािलका-७ स्थित छोरीको घरमा गएका थिए । २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तरले खोजतलासका ला लागि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो । उनको शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए  ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज २, २०७८