चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

पाँच प्रहरी र स्थानीय घाइते
शनिबार, असोज २, २०७८
चितवन : पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो ।

लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए । हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज २, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज २, २०७८