राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
सीमामा सधैँ एसएसबीको ज्यादती
सीमामा सधैँ एसएसबीको ज्यादती
ज्यादतीविरुद्ध किन बोल्दैन सरकार ?
शब्दपाटी
शुक्रबार, असोज १, २०७८
शुक्रबार, असोज १, २०७८
काठमाडौँ : नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी)को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ । नागरिकस्तरबाट विरोधको स्वर आएपछि ‘कूटनीतिक नोट’ लेख्ने गरे पनि भारतसँगको सीमामा हुने ज्यादतीमा नेपाल सरकारले कहिल्यै ध्यान दिन सकेको छैन । भारतीय एसएसबीको ज्यादतीको सिकार पछिल्लो समय दार्चुलाका जयसिंह धामी बने । तुइन तर्ने क्रममा एसएसबीको टोलीले तुइनको डोरी काटिदिएपछि धामी महाकाली नदीमा बेपत्ता भए । सुरुमा धामीको मृत्युको विषयमा मौन बसेको सरकार नागरिक तहबाट विरोधको स्वर बुलन्द भएपछि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानविन समिति गठन गर्न बाध्य भयो । छानविन समितिले एक महिना लगाएर बनाएको प्रतिवेनदको आधारमा नेपालस्थित भारतीय दूतावासमार्फत् ‘कूटनीतिक नोट’ पठायो । तर, कूटनीतिक नोटको जवाफ भारतले नपठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन् ।
सीमामा हुने यस्ता घटना नागरिकको मृत्यु भएको खण्डमा मात्र राजधानी काठमाडौंसम्म आइपुग्छन् । अन्य घटना त सीमामा विलिन भइरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रमा मृत्यु हुने धामी मात्र होइन यसअघि २६ फागुन २०७२ मा एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई नेपाल सरकारले सहिद त घोषणा ग¥यो । तर, सो घटनामा संलग्न भारतको एसएसबीको विषयमा कुनै छानविन भएन ।
भारतको एसएसबीले नेपाली सीमाभित्र पसेर कल्भर्ट निर्माणको क्रममा कञ्चनपुर सीमा क्षेत्रका स्थानीयले विरोध जनाए । सुरुमा एसएसबीले कुटपिट गरे पनि दोस्रो पटक भूमि रक्षाका लागि विरोध गर्दा एसएसबीले गोली चलाए । गोली लागेर गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।
सो घटनाको विषयमा भारतलाई नेपालले कूटनीतिक नोट लेख्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको थियो । घटना भएको ६ वर्ष वित्न लाग्यो, न भारत सरकारले एसएसबीलाई कारबाही गर्यो, न छानविन प्रक्रिया नै अगाडि बढायो । भारतको हेपाह प्रवृतिले निरन्तरता पाइरहेको छ ।
९ मंसिर २०७२ मा सुनसरीको हरिहरपुरमा एसएसबीका जवानहरू नेपाल प्रवेश गरे । विना अनुमति नेपाल प्रवेश गरेका उनीहरूले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाए । गोली लागेर सुनसरीका सरोज यादव, नरेश यादव, मनोज यादव, अशोक यादव घाइते भएका थिए । त्यतिबेलाको घटनामा नेपालले भारतसँग प्रश्न गर्नसमेत सकेन । बोरु उल्टै भारतले नेपालीहरूलाई तस्कर भएको आरोप लगाए । सरकारले घाइते भएकाहरूलाई क्षतिपूर्तिसमेत दिएनन् ।
१३ मंसिर २०७२ मा झापाको केचनामा भारतीय एसएसबी विनाअनुमति नेपाल प्रवेश गरे । स्थानीयले विरोध जनाएपछि उनीहरूलाई नेपाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भारत पठायो । सो विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग स्पष्ट रुपमा प्रश्न उठाउन सकेन ।
एसएसबीले अपहरण गरेर लगेका अहिलेसम्म बेपत्ता
सीमामा एसएसबीले गोली हानेर नेपाली नागरिकको हत्या मात्र होइन अपहरण गरेर लगेर बेपत्ता बनाएको घटना पनि छन् । ५ चैत २०६७ मा बर्दियाको जुमनीका हर्कबहादुर शाहीलाई एसएसबीले गोली हानेर घाइते बनाए । नेपाली भूमिमा आएर गोली हानी घाइते बनाइएका शाहीलाई एसएसबीले लगे । सो घटनाको विषयमा परिवारले प्रशासनलाई हार गुहार गर्यो ।
तर, प्रशासनको केही लागेन । सो घटनाको विषयमा अनुगमनपछि राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष थियो– शाहीलाई एसएसबीले अपहरण गरेर लगेका हुन् । तर, सो घटनाको विषयमा न नेपाल सरकारले भारतलाई प्रश्न गर्न सक्यो न अहिले उनको खोजखबर नै भएको छ ।
यस्तै प्रकृतिको अर्को घटना हो, बर्दियामा विना अनुमति नेपाल प्रवेश गरेर एसएसबीले बर्दिया मनिकापुरका जग्गु चौधरीलाई सानोश्रीबाट पक्राउ गरी लगेको आठ वर्ष बित्यो । उनको अहिलेसम्म खोजखबर छैन । घटनाको जानकारी स्थानीय प्रशासनदेखि नेपाल सरकारसम्मलाई छ । तर, चौधरीको अबस्था के–कस्तो छ, अहिलेसम्म अज्ञात छ । सरकारले भारतसँग आफ्नो नागरिकको विषयमा चासोसमेत राख्न सकेको देखिँदैन ।
किन नेपाल हरेक घटनामा गम्भीर बन्दैन
हरेक घटनामा नेपालले ढिला गरेर मात्र भारतलाई कूटनीतिक नोट पठाउने गरेको छ । यि माथिका प्रतिनिधि सबै घटनमा नेपाल सरकार गम्भीर भएको देखिँदैन । उता भारत भने आफ्नो नागरिकलाई केही भएमा नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधर जवाफ माग्ने गरेको छ ।
जसको पछिल्लो उदाहरण हो, २०७२ असोजमा संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको क्रममा वीरगञ्जमा भारतका एक नागरिकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो । आफ्नो नागरिकको गोली लागेर मृत्यु भएको एक घण्टाको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर जवाफ मागेका थिए ।
किन दोहोरिरहन्छ घटना ?
सीमा क्षेत्रमा देखिएको घटना बारम्बार दोहोरिनुमा नेपाल सरकार जिम्मेवार बन्नुपर्ने पूर्वराजदूत भेषबहादुर थापाको भनाइ छ । ‘नेपालको आन्तरिक शासन पद्धतिमा सुधार नभएसम्म यस्तो घटना दोहोरिन सक्छन्’, उनले भने, ‘नेपाली राजनीतिक दलहरूले परराष्ट्र मामिलामा एउटा साझा धारणा बनाउनु जरुरी छ ।’
राजनीतिक दलका नेताहरू सरकारमा हुँदा या नहुँदा पनि परराष्ट्र मामिलाको विषयमा सधै समान धारणा बनाउन सके यो समस्या केही हदसम्म हल हुने परराष्ट्रका जानकारहरू बताउँछन् । सीमा समस्याको विषयमा नेपालबाट उच्चस्तरीय भ्रमणका बेला भारत सरकारसँग स्पष्ट राख्न नसक्नुले पनि समस्या भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
१७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
नंः ४
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
नंः ५
चीनले तयार पार्याे बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
खोज, उद्धारपछि अब पुनस्स्थापना सरकारको मुख्य बाटो : प्रधानमन्त्री
सोमबार, भदौ १५, २०८३
हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार
सोमबार, भदौ १५, २०८३
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
थप समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड रुपैयाँ जम्मा गर्ने
शुक्रबार, असोज १, २०७८
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
शुक्रबार, असोज १, २०७८
बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग
शुक्रबार, असोज १, २०७८
मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
शुक्रबार, असोज १, २०७८
Subscribe Newsletter
×