चार दिनदेखि वेपत्ता वृद्ध फेला 

शुक्रबार, असोज १, २०७८

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका वृद्ध चार दिनपछि फेला परेका छन् । गत २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका वृद्ध आशिकराम राई शुक्रबार फेला परेका हुन् । अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्यसमेत नचिन्ने अवस्थाका वृद्ध बुईपाकै पञ्चरदोबाटोमा फेला परेका आफन्तले बताएका छन् । स्मरण शक्ति कमजोर भएका वृद्ध राईले यदाकदा साइँला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १, २०७८