बुल्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु

शुक्रबार, असोज १, २०७८

तनहुँ ।  तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै विहान साढे १२ बजे दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । ट्रकमै च्यापिएको अवस्थामा चालक मृत भेटिएका हुन् । अन्दाजी २८ वर्षीय उनको पहिचान खुलेको छैन ।  यस्तै, ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ । ट्रकले होङशी सिमेन्ट बोकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १, २०७८