समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम !
आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम !
दिलमाया शाही
बिहीबार, भदौ ३१, २०७८
बिहीबार, भदौ ३१, २०७८
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले माग गरेको करार सेवाका स्टाफ नर्समा आवेदन सूचीमा नाम नभएका परीक्षार्थीको पहिलो सूचीमा नाम निकालिएको भन्दै चर्को आलोचना भएको छ । गत ३० साउनमा प्रकाशित सार्वजनिक सूचनाअनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । त्यसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । त्यसबाट पनि प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन सूचीमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम आएको पाइएको छ । यसरी लिखितमा नाम निकाल्न सफल परिक्षार्थीको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन । प्रष्ठिानले २६ भदौमा लिखित परीक्षा लिएको थियो । प्रष्ठिानले यस पटक परीक्षा कोडिङ र डिकोडिङ प्रणालीबाट संचालन गरेको थियो । प्रतिष्ठानले परीक्षा मर्यादित र चुस्तदुरुस्त बनाउनकै लागि कोडिङ प्रणाली लागू गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, 'कुनै पनि परीक्षार्थीलाई हामीले दिएको परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने व्यवस्था गरेका थियौँ ।' महतका अनुसार पुन:जाँचका लागि आठ जना विद्यार्थीले निवेदन दिएका थिए । उनले आठ जनामध्ये एक जना सपना न्यौपाने रहेको बताए । सपना न्यौपानेको उत्तरपुस्तिका पुन:जाँच गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए । उनले सदीक्षा रोकाया र सपना न्यौपानेको पुन:जाँच गर्दा डिकोडिङमा भूलबस त्रुटि भएको स्वीकारे । महतले सपना न्यौपाने राम्रो विद्यार्थी भएकाले उनलाई अन्याय नहोस् भनेर नतिजा पुनः संशोधन गरिएको बताए । यसरी मौखिक परीक्षा २९ भदौमा लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश भएको महतको भनाइ छ । त्यहाँ उनलाई एसएन/०५७ कोडिङ दिइएको छ, जुन कोडिङ लिखित परीक्षामा सदीक्षा रोकायाको हो । आवेदकहरूको सूचीमा सपना न्यौपाने नाम नै छैन भने संशोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेश गरिएको छ । जहाँ उनलाई एसएन/०३९ कोडिङ दिइएको छ । यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङमा गम्भीर त्रुटि गरेको छ भने अर्कातिर आवेदन नै नपरेका उम्मेदवारले एक नम्बरमा नाम निकालेर अर्को गम्भीर त्रुटि गरेको जुम्लाबासीको आरोप छ । यता, रजिस्ट्रारले महतले परीक्षा समितिले कोडिङ र डिकोडिङमा नम्बरमा मानवीय त्रुटि भएका कारण यस्तो हुन पुगेको बताए । उनले भने, 'कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक त्रुटि हो । तर, जुम्लाबासीले प्रतिष्ठानका पदाधिकारीले आफ्ना मान्छे ल्याउनकै लागि यस्तो कार्य गरेको बताएका छन् । सदीक्षा रोकायाका बुबा दलसिंह रोकायाले यसअघि पनि सदीक्षा रोकायाले प्रष्तिठानको लिखित परीक्षामा तीन पटक नाम निकाल्दा मौखिकमा फलिएको बताए । उनले भने, 'प्रतिष्ठानका पदाधिकारीको मिलोमतोमा राजनीतिक भर्तीकेन्द्र बनेको छ । हामी जस्ता पहुँचविहीनका छोराछोरीको पढाइले यहाँ महत्त्व पाउँदैन ।' उनले प्रतिष्ठान निष्पक्ष हुने भए लोकसेवा आयोगलाई परीक्षा लिने जिम्मेवारी दिन सक्ने बताए । महिनामा ५० हजार रुपैयाँसम्म तलब खाने कर्मचारीका लागि लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितबिना परीक्षा लिइन्छ । उनले भने, 'यहाँ कुनै गरिब दुखीका छोराछोरीले जागिर खाएका छैनन् । पहुँचवालाको मात्र भर्तीकेन्द्र भएको छ ।' प्रतिष्ठान आलोचनामा आएको विषय यो पहिलो भने होइन । यसअघि पनि पटक पटक विभिन्न कारणले चर्को आलोचना खेप्दै आएको छ । यता, सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, 'आवेदन सूचीमा मेरो नाम सपना नेपाली भएको थियो र कोड एसएल/०३९ थियो ।' उनले प्रवेशपत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएको बताइन् । उनले यस विषयमा छलफल गर्दा आवेदन सूचीमा सपना नेपाली भए पनि फरक नपर्ने त्यहाँको परीक्षा समितिले भनेपछि परीक्षा दिइएको सुनाइन् । न्यौपाने भन्छिन्, 'मैले परीक्षा दिँदा राम्रो गरेकी थिएँ तर पनि रिजल्टमा मेरो नाम आएन । परीक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८ घण्टाभित्र पुन:जाँचका लागि निवेदन दिने प्रतिष्ठानले व्यवस्था गरेको थाहा पाएँ ।' उनले आफ्नो अधिकार प्रयोग गरेर उत्तरपुस्तिका पुन:जाँचका लागि निवेदन दिएको बताइन् । उनले भनिन्, 'परीक्षा समितिको बैठक बसेर पुन:जाँच गर्ने बताएको थियो । मेरो निवेदनपछि पुन: प्रष्ठिानले संशोधित प्रकाशित सूचनामा मेरो नाम छ ।' उनले बाग्मती प्रदेशमा आफ्नो अन्तर्वार्ता भएकाले छिटो पुग्नुपर्ने हुँदा सबैभन्दा अगाडि मौखिक परीक्षा दिएर आएको बताइन् । यसमा आफ्नो कुनै कमजोरी नभएको उनको जिकिर छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
१९:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
बराहक्षेत्रको महाकुम्भ मेलासहितको धार्मिक तीर्थाटनमा रमाए महालक्ष्मी नगरपालिका ९ लामाटारका ज्येष्ठ नागरिक (भिडियो)
नंः २
ललितपुर महानगर–२४ को प्रविधि एवम् अपाङ्गता मैत्री नयाँ वडा कार्यालय भवनबाट आजदेखि सेवा (भिडियो)
नंः ३
गोदावरी नगरका स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम
नंः ४
महालक्ष्मी नगरापालिका ९ लामाटारका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी
नंः ५
गोदावरीमा शनिबारदेखि खुला मेयर कप फुटबल (भिडियाे)
विशेष
आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
अन्तर्वार्ता
ढुंगा–गिटी राम्रो आयस्रोत हो, तर गृहमन्त्रीले रोकिदिए : गोदावरी नगर प्रमुख गजेन्द्र (भिडियाे)
मंगलबार, वैशाख ११, २०८१
नियम मिच्नेका लागि म आतंक नै हुँ : राजु नाथ पाण्डे, महानगर प्रहरी प्रमुख (भिडियो)
शुक्रबार, वैशाख ७, २०८१
राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे (भिडियो)
मंगलबार, वैशाख ४, २०८१
अहिलेको गठबन्धन दीर्घकालीन राजनीतिक प्लानको साथ बनेको छ : रमेश लेखक
सोमबार, चैत ५, २०८०
पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : पूर्वपरराष्ट्रमन्त्री साउद (भिडियो)
आइतबार, चैत ४, २०८०
हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो : शंकर भण्डारी
शनिबार, फागुन ५, २०८०
जीवनशैली
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बिहीबार, वैशाख ६, २०८१
जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....
बिहीबार, वैशाख ६, २०८१
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
शुक्रबार, चैत ३०, २०८०
भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति
बिहीबार, चैत २९, २०८०
केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने
बिहीबार, चैत २९, २०८०
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने
बिहीबार, चैत २९, २०८०
शिक्षा
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड
आइतबार, वैशाख १६, २०८१
राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा
बिहीबार, वैशाख १३, २०८१
शिक्षामन्त्री श्रेष्ठको आग्रह, 'शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं'
बुधबार, वैशाख १२, २०८१
काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति
मंगलबार, वैशाख ११, २०८१
प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक
मंगलबार, वैशाख ११, २०८१
पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने
सोमबार, वैशाख १०, २०८१
धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले नौ महिनादेखि तलव पाएनन्
सोमबार, वैशाख १०, २०८१
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री
सोमबार, वैशाख १०, २०८१
समाचार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
आइतबार, वैशाख १६, २०८१
सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था
आइतबार, वैशाख १६, २०८१
पूर्वप्रधानमन्त्री शेरबहादुरले दिए नगरप्रमुख गजेन्द्रलाई दिए धन्यवाद र बधाई
आइतबार, वैशाख १६, २०८१
बझाङमा मतगणना सुरू
आइतबार, वैशाख १६, २०८१
देशभर तापक्रम वृद्धि , तराई र उपत्यकामा आजदेखि पाँच दिन हिटवेव
आइतबार, वैशाख १६, २०८१
थप समाचार
पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
बिहीबार, भदौ ३१, २०७८
गोदावरी–१० को स्वास्थ्य चौकीमा कीटजन्य रोगसम्बन्धी सरोकारवाला तथा स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया
बिहीबार, भदौ ३१, २०७८
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्त द्वारा तालाबन्दी
बिहीबार, भदौ ३१, २०७८
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बिहीबार, भदौ ३१, २०७८
Subscribe Newsletter
×