राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
दलभित्रै टुट्दै छ दलीय विश्वास
दलभित्रै टुट्दै छ दलीय विश्वास
अदालतको ढोकामा दर्जन बढी पार्टीका झगडा
शब्दपाटी
बिहीबार, भदौ ३१, २०७८
बिहीबार, भदौ ३१, २०७८
काठमाडौं : सर्वोच्च अदालतमा राजनीतिक दलसँग सम्बन्धित एक दर्जन मुद्दा विचाराधीन छन् । प्रतिनिधिसभा निर्वाचनमा हारजितको मुद्दादेखि एमाले विभाजनसम्म आइपुग्दा झन्डै एक दर्जन पूर्ण राजनीतिक प्रकृतिका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । अदालतमा दर्ता भएकामध्ये धेरै मुद्दा पेसीमा चढ्ने र सुनुवाइ नहुने क्रमले निरन्तरता पाइरहेको छ । केही मुद्दा भने सुनुवाइ भएर पनि अन्तिम फैसला हुन सकिरहेको छैन । हालै एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि यसको वैधानिकतामा प्रश्न उठाउँदै अदालतमा रिट परेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पनि निर्वाचन आयोगले सनाखत गरेर नयाँ पार्टीको मान्यता दिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले रिट दर्ता गरेका हुन् । ओलीले निर्वाचन आयोगसँगै सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशमा सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट दायर गरेका थिए । एमालेले लुम्बिनी प्रदेशमा दुई सांसदलाई कारबाही गरेको थियो । तर, सभामुखले कारबाही प्रक्रिया रोकेपछि एमालेले सोविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । यी तीनवटै रिट एमाले विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका हुन् । तीनवटै रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । २८ भदौमा न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने सूचीमा राखियो । अर्को पेसी ४ असोजका लागि तोकिएको छ । त्यस्तै, एमाले विभाजनपछि नयाँ पार्टी एकीकृत समाजवादीमा सनाखतको माग गर्दै सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटमा २९ असोजमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको छ । सनाखतका लागि निवेदन दिएको भए पनि मान्यता नदिएको भन्दै दुई सांसदले निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरे । सो मुद्दाको पनि अन्तिम किनारा लागिसकेको छैन । गत ८ असारमा माओवादी केन्द्रले स्थानीय १४ जनप्रतिनिधिलाई कारबाहीका लागि निर्वाचन आयोगमा निवेदन दियो । माओवादी केन्द्र छाडेर एमाले रोजका ती जनप्रतिनिधिलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको थियो । माओवादीले कारबाही गरेपछि १४ जना जनप्रतिनिधिले सर्वोच्च अदालतमा निर्वाचन आयोग र माओवादी केन्द्रविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अन्तिम किनारा नलागेकाले सो मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट अदालतमा विचाराधीन छ । निर्वाचन आयोगले उपेन्द्र यादवलाई जनता समाजवादी पार्टीको मान्यता दिएपछि सोविरुद्ध ठाकुरले मुद्दा दायर गरेका थिए । यद्यपि ठाकुरले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । ठाकुरले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गरे पनि सो विषयको औचित्य समाप्त भइसकेको छ । तर सर्वोच्चले यो विवादको अन्तिम किनारा लगाएको छैन ।
जित–हारको मुद्दा संवैधानिक इजलासमा अल्झियो
प्रतिनिधिसभा र प्रदेशसभाको जित–हारको मुद्दा संसदको पूरा कार्यकाल सकिन लाग्दासमेत सुनुवाइ हुनसकेको छैन । गम्भीर संवैधानिक व्याख्या आवश्यक परे संवैधानिक इजलासले नै हेर्ने गरी तोक्न सकिने प्रावधान भए पनि संवैधानिक इजलासका कामको गति भने धेरै सुस्त छ । इजलासमा प्रदेश र संघका निर्वाचन सम्बन्धित मुद्दा पनि छन् । तर, वर्तमान संसद्को कार्यकाल आधा गइसक्दा मुद्दाको अन्तिम फैसला हुन सकेका छैनन् । प्रतिनिधिसभा निर्वाचनमा धाँधली गर्दै आफूलाई झिनो मतले हराएको भन्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेर चार वर्षदेखि अड्किएर बसेको छ । तनहुँ–२ मा निर्वाचन अधिकृतसँगको मिलेमतोमा सदर मतलाई बदर गर्दै पाँच मतले हराएको दाबी पौडेलको थियो । २१ मंसिर ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट पराजित भएपछि एमाले उम्मेदवार भगवती चौधरीले कांगेस उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध दायर गरेको मुद्दाको टुंगो संवैधानिक इजलासाट अझै लाग्न सकेको छैन । गच्छदारको शपथ रोकेर मत परिणाम रद्द गरेर पुनः मतगणना गर्नुपर्ने उनको माग थियो । चौधरीले रिटमा गच्छदारको सपथ तत्काल रोकेर पुनः मतगणना गरिनुपर्ने मुख्य माग राखेकी थिइन् । चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको सो मुद्दको अन्तिम किनारा अझै लागेको छैन । संखुवासभाका प्रतिनिधिसभा सदस्य निर्वाचनको विवाद, राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट हुनुपर्ने अपांगतातर्फको सिट कामयम नभएकोजस्ता विषयका मुद्दा पनि विचाराधीन अवस्थामै छन् । ‘०७४ को चुनावपछि सर्वोच्च अदालतमा हालिएको मुद्दा हेरिएको छैन,’ अधिवक्ता टीकाराम भट्टराई भने । उनले आफूले राष्ट्रिय सभाको एउटा र प्रतिनिधिसभासँग सम्बन्धित चारवटा मुद्दा हेरिरहेको बताए । ‘चार वर्षदेखि फाइल बोकेर बसेको छु, संवैधानिक इजलासमा पालो आउने अझै ठेगान छैन’, भट्टराईले न्युज कारखानासँग भने । निर्वाचनसम्बन्धी मुद्दा हेर्न छुट्टै इजलासको व्यवस्था नभएका कारण यस्ता मुद्दा अड्किएको उनको अनुभव छ । पछिल्ला दिन राजनीतिक दलहरू आन्तरिक विवाद मिलाउन नसक्दा अदालत धाउने परम्पराजस्तै बनेको छ । आफूभित्रको विवादलाई अदालतको मुखमा धकेल्दा दलहरूभित्रको घरझगडा अदालतको ढोकामा पुग्ने गरेको दलका नेताहरू नै स्वीकार गर्छन् । घरभित्रको झगडा अदालतको ढोकामा पुग्ने र ती विवाद लामो समयसम्म अदालतमा अलपत्र परेकै कारण दलहरूभित्रको आन्तरिक लोकतन्त्रसमेत कमजोर भएको अधिवक्ता भट्टराईको टिप्पणी छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
१७:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
नंः ४
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
नंः ५
चीनले तयार पार्याे बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
खोज, उद्धारपछि अब पुनस्स्थापना सरकारको मुख्य बाटो : प्रधानमन्त्री
सोमबार, भदौ १५, २०८३
हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार
सोमबार, भदौ १५, २०८३
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
थप समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड रुपैयाँ जम्मा गर्ने
बिहीबार, भदौ ३१, २०७८
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
बिहीबार, भदौ ३१, २०७८
बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग
बिहीबार, भदौ ३१, २०७८
मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
बिहीबार, भदौ ३१, २०७८
Subscribe Newsletter
×