मुटुको उपचार गराउन आएकी महिलाको कार दुर्घटनामा मृत्यु  

बिहीबार, भदौ ३१, २०७८

विराटनगर । कार दुर्घटना हुदाँ बिहीबार एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर बिजुलीको पाेलमा ठोक्किएकाे थियो । दुर्घटनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् । घाइते सबैको विराट मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मृतक चन्द्रकला र घाइते सानी मुटुका विरामी हुन् । उनीहरू उपचारका लागि आएका थिए । दुर्घटनामा परेर कार पूर्णरूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ ३१, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ ३१, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ ३१, २०७८