दिल्ली सम्झौताबाट ००७ सालको उपलब्धि : रामबहादुर थापा

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले २००७ सालको उपलब्धि दिल्ली सम्झौताबाट प्राप्त भएको बताएका छन् । जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले दिल्ली सम्झौताबाट ००७ सालको उपलब्धि भएको जिकिर गरेका हुन् । वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्दै उनले ००७ सालको आन्दोलनको उपलब्धि दिल्लीको सहयोगमा भएको र यसबाट मुलुक बहुदलमा प्रवेश गरेको बताए । तर, २०१७ सालमा यो व्यवस्था अन्त्य भएको उनको भनाइ छ । २०४६ हुँदै २०६२/६३ को आन्दोलनपछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार