प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

बुधबार, भदौ ३०, २०७८
विराटनगर :  प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।  उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिएका छन् ।  यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिएका छन् । 

यी हुन् थपिएका मन्त्री

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ । यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको छ । 
नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार