शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

बुधबार, भदौ ३०, २०७८

काठमाडौं ।राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो । बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार