प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन 

बुधबार, भदौ ३०, २०७८

जनकपुरधाम । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण  अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी दुर्घटना घटना हुन थालेका छन् । तर, यसलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले प्रभावकारी कार्य गर्न सकेको छैन । पटक पटक खुला रूपमा रहेको छाडा चौपायालाई नियन्त्रण गर्न विभिन्न कारबाही गर्ने गरी सूचना जारी गर्दा पनि यो नियन्त्रणमा आउन सकेको छैन ।  प्रदेश २ को राजधानी भएपछि यहाँ यातायातको संख्यामा वृद्धि भएको छ । त्यसअनुरुप नै जनकपुरधामको विकासको लागि एडीबीको सहयोगामा सडक चौँडा गर्नेदेखि लिएर कालेपत्र गर्नेसम्मका काम भएको छ । तर, सडक चौँडा भए पनि यस सडकमा खुला रुपमा बिच सडकमै घुमिरहेको गाई, सुँगुर, कुकुर लगायतका जनावरलाई नियन्त्रण गर्न नसक्दा सडक अस्तव्यस्त बनेको देखिन्छ ।  उपमहागरपालिकाले आफ्नोतर्फबाट छाडा चौपाया नियन्त्रण गर्न अभियान चाले पनि सफल हुन सकेको छ्रैन । सडकमा हिँडिरहेका चौपायाहरूले गाडीको ठक्करबाट दिनहुँ ज्यान गुमाइरहेको छ भने मृत्यु भएका चौपायाको उचित व्यवस्थापन नहुँदा सहर नै  दुर्गन्धित् हुने गरेको छ ।  जनकपुरधामको पिराडी चौकमाआफ्नो व्यवसाय गर्दै आएका ललन साहका अनुसार छाडा चौपायालाई नियन्त्रण गर्न गाईबस्तुको मालिकलाई आफ्नो नियन्त्रणमा नराखेसम्म समस्या समाधान हुँदैन ।  त्यस्तै जनकपुरधाममा ई–रिक्साचलाउँदै आएको रामभगत महतोले खुला छाडा चौपायाको कारणले आफुहरूलाई रिक्सा चलाउनसमेत समस्या भएको बताए । छाडा चौपायाको समस्या समाधानका विषयमा जनप्रतिनिधिले जवाफ दिन चाहेनन् । -वीरेन्द्र रमण/न्युज कारखाना

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, भदौ ३०, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, भदौ ३०, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, भदौ ३०, २०७८