जापानमा कोभिड सङ्क्रमित सात हजारभन्दा बढी 

शनिबार, पुस २५, २०७७

टोकियो । जापानमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले बताएका छन् । जापानमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ । महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार ४६० पुगेको छ ।  जापानको खास गरी शहरी क्षेत्रमा सङ्क्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहिबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुभएको छ ।– सिन्ह्वा
   

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार