सोसल मिडिया
Contact Us
युनिकोड
जिल्ला नेतृत्वका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने
जिल्लाको नेतृत्वका लागि पनि दुई गुटबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ । सुरुमा चार जनाले दाबी गरे पनि निर्वाचनमा जाँदा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपसभापति तेजेन्द्र खनाल र यस अघिका सभापितका प्रत्यासी बालकृष्ण दाहालबीच निर्वाचन हुने पक्का जस्तै बनेको हो ।
खनाल संस्थापन र दाहाल पौडल–कोइराला पक्षका उम्मेदवार हुन् । जिल्लामा विगत देखिनै दुई समूहबीच निर्वाचन हुँदै आएको छ । अघिल्ला दुई निर्वाचनमा देउवा समूहका प्रदिप कुमार सुनुवार दुई कार्यकाल सभापित भए । सुनुवारसँग पराजित दाहाल नेतृत्व हात पार्न दौडमा छन्, भने सभापित सुनुवार आफ्नो समूहका नेता तेजेन्द्र खनाललाई नेतृत्व हस्तान्तरण गर्न चाहान्छन् ।
दुबै समूहका नेताहरूले आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि पार्न पहल गरिरहेका छन् । वडाबाट निर्वाचित प्रतिनिधिहरूको मतदानबाट सभापति तथा पदाधिकारी निर्वाचित हुने प्रावधान छ । सबै पदमा उम्मेदवारी दिएर चिर्वाचन लड्ने पक्षमा दुबै समूह छन् । जिल्लामा झण्डै १ हजार ५ सय प्रतिनिधि निर्वाचित भएका छन् ।
अहिले नेताहरू कसका पक्षमा कति प्रतिनिधि छन्, कसलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कसरतमा छन् । ‘प्रतिनिधि निर्वाचितको अवस्था राम्रो छ, व्यवस्थापन सहि गर्न सकिएमा चुनावि जितिन्छ,’ दाहाल खेमाकी नेतृ गोमा केशीले भनिन् । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा बसेका नेता दाहाल दुई पटक संसदीय निर्वाचनमा भने पराजित भएका थिए । उनीप्रति सबैको सहानुभूति रहेको युवा नेता सन्तोष दाहाल बताउँछन् ।
जिल्लामा तुलनात्मक रूपमा संस्थापन पक्ष बलियो देखिन्छ । खनालको पक्षमा सुरुमा नेताहरू नखुले पनि जिल्ला सचिवहरू नबराज केसी र रुद्रप्रसाद अधिकारीको समर्थन रहने भएको छ । केसी खुलेर लागेका छन् भने अधिकारी आफैले सभापति दाबी गरे पनि अन्तमा खनालको पक्षमा खुल्ने नेताहरू बताउँछन् ।
जिल्लामा बसेर काम गरेको र कार्यकर्ताहरूको चाहाना पनि युवा पुस्तामा नेतृत्व आउनु पर्ने भएकाले आफूले निर्वाचन जित्ने खनालले बताए । सभापितमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
तटस्थ जस्तो देखिने संविधान सभा सदस्य रामहरि खतिवडा पनि संस्थापन समूहमै छन् । निर्वाचनमा खनाललाई सघाउने वचन दिएको नेताहरू बताउँछन् । दाहालको पक्षमा कुमार लुईटेल गोमा केसी, टेकराज भट्टराईलगायत नेताहरू छन् ।