प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

सोमबार, भदौ २८, २०७८
सिरहा :  सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् । इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, भदौ २८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, भदौ २८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, भदौ २८, २०७८