राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
‘कूटनीतिक नोट’ सधैं गुपचुप, भारतबाट किन आउँदैन जवाफ ?
‘कूटनीतिक नोट’ सधैं गुपचुप, भारतबाट किन आउँदैन जवाफ ?
शब्दपाटी
सोमबार, भदौ २८, २०७८
सोमबार, भदौ २८, २०७८
काठमाडौं : विगतका घटनामा जस्तै सरकारले पठाएको कूटनीतिक नोटको यसपटक पनि भारतले बेवास्ता गरेको छ । दुई महिनाअघि दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको जयसिंह धामी र नेपाली भूमिमा नेपाली प्रशासनको अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा भारतलाई ‘कूटनीतिक नोट’ पठाएको एक साता बित्यो । भारतले सो विषयमा कुनै जवाफ पठाएको छैन । दार्चुलाको व्यास गाउँपालिकाका स्थानीय जयसिंह धामी तुइनबाट खसेर नदीमा बेपत्ता भएपछि सरकारले अनुसन्धान गर्ने भन्दै डेढ महिनासम्म बितायो । यसबीचमा सरकारले घटनाको विषयमा कुनै जवाफ माग्ने कोसिस गरेन । बरु सरकारले अनुसन्धान भइरहेकाले केही समय कुर्न सर्वसाधारणसँग अनुरोध ग¥यो । भारतको विषयमा गृह मन्त्रालयले कुनै प्रतिक्रिया नजनाउनसमेत विज्ञप्ति जारी गरेको थियो । दार्चुला घटनाको विषयमा सर्वसाधारणबाट सरकारको तीव्र आलोचना भएपछि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको प्रतिवेदनको आधारमा ३८ दिनपछि भारतलाई कूटनीतिक नोट पठाएको थियो । यसबीचमा दार्चुला घटनासँगै नेपाली भूमिमा अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा सरकार मौन थियो । दुवैै विषयलाई समेटेर परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको एक साताभन्दा बढी समय बित्दा पनि कुनै प्रतिक्रिया जनाएको छैन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भारतबाट कूटनीतिक नोटको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिए । दार्चुला घटना र नेपाली भूमिमा हेलिकोप्टर उडाएको विषयमा सरकारले भारतस्थित नेपाली दूतावासमार्फत जानकारी गराउन सक्थ्यो । तर, लामो समयसम्म सो विषयलाई सरकार अनुसन्धानको नाममामा मौन बसेको थियो । गृह मन्त्रालयका सहसचिव नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक नोटको विषयमा अहिलेसम्म आधिकारिक धारणा नआए पनि परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ । ‘भारतलाई पठाएको कूटनीतिक नोटबारे अहिलेसम्म कुनै जानकारी आएको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले न्युज कारखानासँग भनिन् । भारतले छिमेकी देश नेपालको कूटनीतिक नोट उपेक्षा गरेको अहिले मात्र होइन । यसअघि नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय राजीतिक नक्सामा समेटिएपछि नेपालले २० कात्तिक ०७६ मा सोबारे कूटनीतिक नोट पठाएको थियो । सोबारेमा भारतले कुनै जवाफ दिएको छैन । बरु लिम्पियाधुरा र लिपुलेक आफ्नो भन्दै दाबी गर्दै आएको छ । कूटनीतिक नोटको जवाफ पठाउनुको साटो नेपाली भूमिमा पसेर २६ वैशाख ०७७ मा भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन ग¥यो । जसको नेपालमा जनस्तरबाटै भारतको तीव्र विरोध भयो । यसबीचमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भारततर्फ इंगित गर्दै नेपाली भूमि फिर्ता ल्याइने घोषणा गरे । प्रधानमन्त्री ओलीको घोषणाबाट चिढिएको भारतले नेपालसँग करिब ६ महिना कुनै संवाद गर्न चाहेन । प्रधानमन्त्री ओलीले नै भारतको स्वतन्त्रता दिवसको दिन पारेर भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएपछि संवाद सुरु भएको थियो । नेपालले २ जेठ ०७७ मा नीति तथा कार्यक्रममा नेपाली भूमि लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा भयो । ५ जेठमा मन्त्रिपरिषद्बाट नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णय भयो । सो निर्णय ३१ साउन ०७७ मा संसद्बाट सर्वसम्मतले पारित भएसँगै संविधान संशोधन भयो । संसद्बाट भएको उक्त संशोधन ४ असार ०७७ मा राष्ट्रपतिले अनुमोदन गरिन् । नयाँ राजनीतिक नक्साबाट भारत थप चिढियो । भारतका मिडियाले नेपालका प्रधानमन्त्री ओलीविरुद्ध र नेपालविरुद्ध अनर्गल प्रचार गरे । यसबीचमा तत्कालीन ओली सरकारले भारतलाई वार्ता र संवादबाट अगाडि बढ्न भारतलाई कूटनीतिक नोट पठायो । तर भारतले कुनै जवाफ पठाएन । नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँग सो विषयमा वार्ताका लागि तीनपटक कूटनीतिक नोट पठाएको थियो । तर कुनै पनि नोटको जवाफ भारतले पठाएन । बरु नेपालसँगको सम्बन्धमा चिसोपन आयो । कूटनीतिक छलफल गर्न तयार नभएको भारतसँग तत्कालीन प्रधानमन्त्री ओलीले संवादको प्रक्रिया अगाडि बढाए । भारतसँगको संवादपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा वार्ताको वातावरण मिलाउन गएका थिए । कूटनीतिक नोटको उपेक्षा अहिले मात्रै होइन, भारतले ६ वर्षअघिदेखि गर्दै आएको छ । ०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदा भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारत सहमत भएको समाचार आएपछि दुवै मुलुकसँग सरकारले प्रतिक्रिया मागेको थियो । चीनले कूटनीतिक नोटको जवाफ पठाए पनि भारतले भने कुनै जवाफ पठाएन ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८
१९:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख आर्थिक सहायता घोषणा
नंः २
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
नंः ३
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
नंः ४
टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
नंः ५
चीनले तयार पार्याे बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
खोज, उद्धारपछि अब पुनस्स्थापना सरकारको मुख्य बाटो : प्रधानमन्त्री
सोमबार, भदौ १५, २०८३
हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार
सोमबार, भदौ १५, २०८३
७८८ वटा शव फेला
आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्रा . डा हरिहर वस्ती
आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
आइतबार, भदौ १४, २०८३
थप समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड रुपैयाँ जम्मा गर्ने
सोमबार, भदौ २८, २०७८
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : शशांक कोइराला
सोमबार, भदौ २८, २०७८
बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग
सोमबार, भदौ २८, २०७८
मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
सोमबार, भदौ २८, २०७८
Subscribe Newsletter
×