मंगलबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सोमबार, भदौ २८, २०७८
काठमाडौं  :  प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार