रामचन्द्र पौडेलले भने, 'धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन'

सोमबार, भदौ २८, २०७८

काठमाडौ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पार्टीको १४औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा भएको आरोप लगाएका छन् ।  आफू निकट केन्द्रीय सदस्यहरूको बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पौडेलले सभापति शेरबहादुर देउवाबाट गराइएको फेक निर्वाचनलाई निर्वाचन समितिले मान्यता दिन नहुने बताए ।  बैठकपछि जारी गरिएको विज्ञप्तिमा डडेल्धुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधलीलाई सच्याउनुपर्ने माग गरिएको छ । पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधान र प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनु र वडा अधिवेशन गरिनु खेदजनक रहेको पौडेल समूहको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार