राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित 

सोमबार, भदौ २८, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।  एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदनका बैठक चल्न दिएको छैनन् । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार