तीन महिना पनि टिकेन कालोपत्रे सडक, स्थानीय चिन्तित

सोमबार, भदौ २८, २०७८

कपिलवस्तु । कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका थिए । तर उनीहरूको खुसी तीन महिना पनि टिकेन । दशकौँदेखि आशा गरेको विकास तीन महिना पनि नटिकेपछि स्थानीय दुःखी भएका छन् । नगरपालिकाको पुरुषोत्तमपुरदेखि बगी जोड्ने नौ सय मिटर लामो सडक निर्माणसँगै भत्किएको स्थानीय मनिष गुप्ताले बताए । पालिकाले ७६ लाख ९० हजार रुपैयाँको लागतमा साढे ५ मिटर चौडा सडक निर्माण गरेको थियो । निर्माण भएको सडकको दुई ठाउँमा भत्किएको छ । केही दिनअघि कालोपत्रे सडकमा घाँस उम्रिएको र सडक भत्किएको कुरा सामाजिक सञ्जालमा आएपछि सम्बन्धित ठेकेदारले घाँस उम्रिएको र भत्किएको सडकको पुनः मर्मत गरेको स्थानीयले जानकारी गराएका छन् । कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले निर्माण कम्पनी कृति कन्स्ट्रक्सनलाई मर्मतका लागि पत्राचार गरेको बताए । निर्माण सम्पन्न भएको एक वर्षभित्र यदि उक्त सडक भत्किएमा पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, भदौ २८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, भदौ २८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, भदौ २८, २०७८