प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित

आइतबार, भदौ २७, २०७८

एमालेको निरन्तरको अवरोधका कारण अाज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोध गरे पछि  सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन् । आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।  एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नाराहरू लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार