प्रवासीद्वारा नगद र स्वास्थ्य सामग्री सहयोग

आइतबार, भदौ २७, २०७८

बागलुङ । रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेका थिए । ताराखोला गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका सङ्घसंस्था मानवीय सेवाका काममा सक्रिय छन् । रासस

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, भदौ २७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, भदौ २७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, भदौ २७, २०७८