सोसल मिडिया
Contact Us
युनिकोड
नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन गरेको छ । शनिबार सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय कमिटी गठन गरेको हो । स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा समाजवादीले कमिटी गठन गरेको हो ।कमिटीका सल्लाहकारमा यमबहादुर महतलाई चयन गरिएको छ भने संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल छन् । समितिको सहसंयोजकमा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ चयन भएका छन् ।