संखुवासभामा सामुहिक हत्या गरेको आरोपी सार्वजनिक

आइतबार, भदौ २७, २०७८

 संखुवासभाको मादी नगरपालिका(१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । ६ जनाको हत्या भएको पाँच दिनपछि कार्कीलाई पक्राउ गरेको थियो । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की नातामा काका भतिज हुन् । आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्‍न एसपी भीम दाहालले बताए ।  भदौ २१ को विहान आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका दिपेन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । परिवारका अन्य सदस्यले देखेपछि उनीहरुको पनि हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।  हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुर र लोकबहादुरको घर करिब १५० मिटरको दुरीमा छ । भदौ २१ मा विहान खेताला खोज्न निस्किएका थिए तेजबहादुर । तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आइतबार उनलाई प्रहरीले सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, भदौ २७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, भदौ २७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, भदौ २७, २०७८