सङ्खुवासभा सामूहिक हत्याका आरोपी पक्राउ

डिप्रेशनको औषधिले हत्यासम्म डो¥यायो लोकबहादुरलाई
शनिबार, भदौ २६, २०७८

किमाथाङ्का ।  सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज पक्राउ गरेको छ ।
हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । 
गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । 
सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसी आफैं घटनास्थल आइपुगेका थिए । डिआइजी बीसी घटनाको अनुसन्धान गर्ने बुधबार घटनास्थलमादी–१ खोला गाउँमा आइपुगेका हुन् । त्यस्तै गरी हत्या प्रकरणका अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली लिएर डीएसपी रुकमबहादुर कुँवरसहितको टोली मङ्गलबार घटनास्थल आइपुगेको थियो । अनुसन्धानको क्रममा मृतकको घरभित्र खानतलासी गर्दा चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको थियो ।–रासस 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, भदौ २६, २०७८