ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

शनिबार, भदौ २६, २०७८

ताप्लेजुङ :  ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ । छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो ।  ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार