पुल निर्माणमा ढिलाइ  

शनिबार, भदौ २६, २०७८

दमौली । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुल निर्माण छ वर्ष वित्दा पनि सकिएको छैन ।  सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको सो पुलको म्याद तीन पटक थप गरिएको छ । हालसम्म तीन पिलरको काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्न अझै केही वर्ष लाग्ने देखिएको स्थानीयवासी प्रेमबहादुर थापाले बताए ।  पुल निर्माण नहुँदा सेतीपारिका भिमाद नगरपालिका र शुक्लागण्डकी तथा स्याङ्जाको हरिनास गाउँपालिकाका बासिन्दा मारमा परेका छन् । “जोखिम मोलेर झोलुङ्गे पुलको प्रयोग गर्नुपरेको छ”, उनले भने, “धेरै पटक दुर्घटना भएको छ ।” पक्की पुल नहुँदा भिमादबजार भएर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुल नबन्दा सेतीपारिको विकासको गतिविधि ठप्प छ । ठूला सवारी साधन घुमाउरो बाटो हुँदै पृथ्वीराजमार्ग पुग्नुपर्ने बाध्यता छ । भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ वर्खाको बेला सास्ती खेप्नु परेको बताउँछन् । विसं २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा रु आठ करोड ८० लाखमा सम्पन्न गर्ने गरी एड्भेन्चर कन्स्ट्रक्शन, चितवनलाई उक्त पुल निर्माणको ठेक्का दिइएको थियो । विसं २०७५ चैत, २०७७ फागुन र २०७८ भदौमा पुल निर्माणको म्याद थप गरिएको छ ।  कोरोनाका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय, तनहुँका इञ्जीनियर दीपेन्द्र पन्थले बताए । “यस वर्ष सक्ने गरि ठेकेदारलाई निर्देशन दिएका छाँै, पुलको डिजाइन परिवर्तनका कारण पनि निर्माणमा ढिलाइ भएको हो”, उनले भने । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, भदौ २६, २०७८