लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

शनिबार, भदौ २६, २०७८

लमजुङ :  लमजुङमा भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । विनासकारी भूकम्पमा भत्किएका आवास पुनर्निर्माणमा हालसम्म ३ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ । जिल्लामा आवास पुनर्निर्माण नगर्ने भनी स्वेच्छाले २४ जनाले पहिलो किस्ताको ५० हजार र दुई जनाले दोस्रो किस्ता १ लाख ५० हजार रकम फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई,अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङका फोकल पर्सन विनायक दवाडीले बताए । उनका अनुसार जिल्लामा हालसम्म १० हजार ४ सय ४४ लाभग्राहिले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका छन् भने दोस्रो किस्ता लिने लाभग्राहीको संख्या १२ हजार ६६ छ । जिल्लामा लाभग्राहीको संख्या १५ हजार ५ सय ७८ रहेको छ । हालसम्म पहिलो किस्ताबापत ५० हजारका दरले ७३ करोड १३ लाख ५० हजार रुपैयाँ निकास भैसकेको छ । त्यसैगरी दोस्रो किस्ताबापत १ अर्ब ८० करोड ९९ लाख र तेस्रो किस्ताबापत १ अर्ब ४४ करोड ४ लाख रकम खर्च भएको हो । जिल्लामा पुनर्निर्माण सुरु भएको चार वर्षमा ७४ प्रतिशत निजी आवास बनेकाे जिल्ला आयोजना कार्यान्वयन इकाई लमजुङले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, भदौ २६, २०७८