अध्यक्ष माधव नेपाल महोत्तरी आउने कार्यक्रम स्थगित

शनिबार, भदौ २६, २०७८

महोत्तरी :  नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ । महाेत्तरीमा आयाेजना हुन लागेकाे पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महाेत्तरी आउने कार्यक्रम थियाे । तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्काे मिति तय हुने उनले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार