सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै यहाँको पर्यटन प्रवद्र्धनका लागि ‘लिभिङ म्युजियम’ ९जीवित सङ्ग्राहलय० बनाउनुपर्ने बताए । ज्यापु समाज यल ९ललितपुर०को २८औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताए । उनले कला संस्कृतिको संरक्षण गरेर सिङ्गो ललितपुर पर्यटन क्षेत्रका रूपमा विकास गरेर जनताको जीवनस्तरलाई उकास्न सकिने विश्वास व्यक्त गरे । नेपालको नेवाः संस्कृति सम्पन्न र समृद्ध रहेको उल्लेख गर्दै उनले आफ्नो भाषा, कला एवं साहित्यलाई केन्द्रमा राखेर स्थापना भएको ज्यापु समाज यलका संस्थापकदेखि नेतृत्व गर्ने सबैलाई आभार व्यक्त गरिन् । मन्त्री भुसालले भाषा, कला र सम्पदा संरक्षणमा सबैरूपमा गर्व गर्न लायक समाजको सम्मान गर्नुपर्ने बताइन् । ज्यापु समाज भवन, आनन्त निकेतन, संस्कृति संम्पदाको संरक्षणमा बढावा दिएर भाषा संस्कृतिका हिसाबले आफूले यस संस्थासँग अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनले यलको सम्पूर्ण गतिविधिमा ऐक्यबद्धता व्यक्त गरिन् । सो अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान गर्ने समाजका सदस्यालाई सम्मान गरिएको थियो ।