वर्षौँदेखि रोकिएको सूर्यविनायक गणेश रथ जात्रा यस वर्षदेखि सुरु 

शनिबार, भदौ २६, २०७८

भक्तपुर । उपत्यकाको चार गणेशमध्ये जेठो गणेशका रूपमा मानिने भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा आज भव्यरूपमा खट जात्रा मनाइएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट भव्यरूपमा सुरु भएको रथ जात्रा विभिन्न टोलको परिक्रमा गरी पुनः मन्दिरमा ल्याएर समापन गरिएको छ । सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्य विनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्य विनायक गणेश अर्थात् इनारे गणेद्यो खट जात्रा सम्पन्न भएको सूर्य विनायक नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष किरण थापाले जानकारी दिए ।  उनले भने, “पुर्खाले मनाउँदै आएको गणेश रथ जात्रा आर्थिक स्रोत नहुँदा वर्षौँदेखि रोकिएको थियो, यस वर्ष यो जात्रालाई पुनः सुरु गराएका छौँ, वडा नं ६ र ८ कार्यालयले यस वर्ष वडाको बजेटबाट रु दुई–दुई लाख गरी रु चार लाखको बजेट व्यवस्थापन गरेर जात्रा शुरु गरायौँ, अब यो जात्राले नियमितता पाउँछ ।”
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको अध्यक्ष थापाले जानकारी दिए ।  खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत् पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराइएको समितिका प्रकाश शर्माले जानकारी दिए । गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उनले जानकारी दिए । 
रोकिएको जात्रा यस वर्षदेखि शुरु भएको र कोभिडका कारण सीमित टोलमा मात्रै जात्रा गरिएको बताउँदै अध्यक्ष थापाले अर्को वर्षदेखि वडा नं ६ र ८ को टोलटोलमा लगेर रथ यात्रा गरिने जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, भदौ २६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, भदौ २६, २०७८